एनएलजी इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांशदर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । पुस ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांघ नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सेयरधनीहरुले प्राप्त गर्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस