Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, १० : २४ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते, बुधबार, शुभम् रिसेप्सन, कालोपुल, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको हो । 

उक्त सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको