Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

बुधबार, ०९ पुस २०८२, १० : २२ मा प्रकाशित

नेपाल टेलिकमको लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

बैठकले सेयरधनीलाई ३० प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि पुस ३० गते बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजे अठारौं वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि निर्धारण गर्नेछ । साधारणसभा तथा लाभांश वितरणका लागि पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गरिने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको