तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडमा १ करोड रुपैयाँ लगानी गर्ने भएको छ । लालुपाते हाइड्रोपावरले मनाङको नासो गाउँपालिकामा निर्माण गरिरहेको दाना खोला जलविद्युत आयोजना (४९.९५ मेवा) को प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख कित्ता सेयर किन्ने निर्णय भएको हो ।
हाइड्रोपावरले २०८० वैशाख २१ गतेदेखि २११५ वैशाख २० गतेसम्मको उत्पादन अनुमति पाएको छ भने २०८४ कात्तिक ५ गतेसम्म निर्माण कार्य सम्पन्न गरी व्यापारिक उत्पादन शुरू गर्ने लक्ष्य राखेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस