Like us!
Follow us!
Connect us!
Watch us!

पाँच महिनामा ३७ हजार बीमा पोलिसी सरेण्डर, बीमा कम्पनीले गरे पोलिसी सरेण्डर बापत साढे ५ अर्ब रुपैयाँ

अर्थ संसार

बुधबार, १६ पुस २०८२, २० : ३७ मा प्रकाशित

पाँच महिनामा ३७ हजार बीमा पोलिसी सरेण्डर, बीमा कम्पनीले गरे पोलिसी सरेण्डर बापत साढे ५ अर्ब रुपैयाँ

चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा साढे ५ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ३७ हजार बढी बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन् । 

प्राधिकरणको तथ्यांक अनुसार बीमितहरुले पाँच महिनाको अवधिमा ३७ हजार १४९ बीमितले कुल ५ अर्ब ६९ करोड रुपैयाँ रकम बीमा पोलिसी सरेण्डर गरेका छन् । गत बर्षको तुलनामा बीमा पोलिरी सरेण्डर १७ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । गत बर्षको सोहि अवधिमा बीमितहरुले ४५ हजार ६० जना बीमा पोलिसी वापत ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका थिए ।

बीमा प्राधिकरणको नियामावली अन्तर्गत बीमितहरुले तीन वर्षसम्म निरन्तर बीमा शुल्क भुक्तानी गरेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था रहेको छ । बीमा पोलिसी खरिद गरी तोकिएको अवधि पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’का रुपमा बुझिन्छ । बीमितले बीमा पोलिसी किनेपछि समय–समयमा बीमाको नीतिअनुसार प्रिमियम बुझाउनुपर्ने हुन्छ । केही कारणवश बीमित शुल्क तिर्न छोड्नु र बीमा गरेको रकम फिर्ता लिनु नै बीमा सरेण्डर हो । ‘सरेण्डर’ अङ्ग्रेजी शब्द हो भने नेपालीमा समर्पण भनिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको