बुढानिलकण्ठ हेरिटेड लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले हकप्रद सेयरमा पुस १६ गतेसम्म आवेदन दिने समय रहेकोमा उक्त समयमा माग बमोजिमको आवेदन नपरेपछि समय थप गरिएको हो ।
थप गरिएको समय अनुसार अब पुस २३ गतेसम्म यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिने छ । कम्पनीे चुक्ता पुँजीको ५० प्रतिशत आर्थात् २ः१ अनुपादमा संस्थापक सेयरधनीहरुका लागि मंसिर २५ गतेदेखि हकप्रद सेयरमा आवेदन खुला गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस