पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले यही पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुस ९ गते अनुमति पाएको थियो । अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितका लागि १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओमा पस ३० गतेसम्म आवेदन दिन सकिनेछ भने आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ । निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । आयोजना प्रभावितले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार र गैंडाकोट शाखा, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा र सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयमा आवेदन फाराम पाउन र बुझाउन सक्नेछन् भने वैदेशिक रोजगारेले सेबोनबाट अनुमति पाई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस