प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई पूर्ण सुरक्षा प्रदान गर्न सरकार तयार रहेको बताएका छन्। उनले नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको 'शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य' विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा यस्तो बताएकी हुन् ।
उनले भनिन,‘ढलेका निजी क्षेत्रका संरचना पुनः निर्माण भएर कलकारखाना फेरि जल्दैनन् भन्ने ग्यारेन्टी दिन तयार छौँ। ताकि ढुक्क सँग हाम्रा उद्यमी व्यवसायीले लगानी गर्न सकुन। देशको करदाता, सेवा प्रदायक, बजार निर्माणकर्ता, राजस्व संकलनमा योगदानकर्ता एवं सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्बाध पेशा र व्यवसाय गर्न पाउने हकको हामी सम्मान गर्दछौँ।’
प्रधानमन्त्री सुशीला कार्कीले उद्यमी र व्यवसायीलाई लुट, सेवा नपुग्ने, सुरक्षा अभाव जस्ता जोखिमबाट बचाउन आवश्यक कदम चाल्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। यसका लागि उद्योग, कलकारखाना, प्रतिष्ठान र निजी आवासको सुरक्षा सुनिश्चित गर्न, बन्द हड्ताल, तोडफोड तथा आगजनी जस्ता आक्रमण रोक्न मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफल गरी आवश्यक निर्णय लिने उनले उल्लेख गरे।
साथै उनले फागुन २१ भित्र निर्वाचन सम्पन्न गर्न सरकारले कटिबद्ध रहेको पनि बताइन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस