Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंको समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता

अर्थ संसार

विहीबार, १७ पुस २०८२, १५ : ३५ मा प्रकाशित

दुर्गा प्रसाईंको समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोलीसँग भेटवार्ता गरेकी छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा प्रसाईं समूहले उठाएका मागका विषयमा विस्तृत छलफल गरिएको बताइएको छ । उक्त समूहले यसअघि मंसिर ६ गतेदेखि निरन्तर उठाउँदै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

यसअघि पनि सरकार र नागरिक बचाउ अभियानबीच पटक–पटक वार्ता भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको