Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादी हाइड्रोपावरको करिब दुई लाख कित्ता सेयरको लकिन अवधि माघमा सकिदै

अर्थ संसार

शुक्रबार, १८ पुस २०८२, ०७ : ५१ मा प्रकाशित

सुपर मादी हाइड्रोपावरको करिब दुई लाख कित्ता सेयरको लकिन अवधि माघमा सकिदै

सुपर मादी हाइड्रोपावर लिमिटेडको करिब २ करोड कित्ता सेयरको लकइन अवधि आउँदो माघमा सकिने भएको छ। कम्पनीको संस्थापक समूह, कर्मचारी र आयोजना प्रभावित स्थानीयको नाममा रहेको सेयरको लकइन अवधि माघ २१ गते सकिने भएको हो ।

कम्पनीको संस्थापक समूहतर्फको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, कर्मचारीतर्फको ४४ हजार १०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ११ लाख २ हजार ५०० कित्ता गरी कुल १ करोड ९८ लाख ८९ हजार १०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । कम्पनीले आईपीओ जारी गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिबाट संस्थापक समूह, कम्पनीमा कार्यरत कर्मचारी र आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर ३ वर्षसम्म लकइनमा राख्नु पर्ने प्रावधान छ ।

लकइनमा रहुन्जेल सेयर खरीदबिक्री गर्न पाइँदैन भने लकइन अवधि समाप्त भएसँगै यी सेयरहरू कारोबार गर्न सकिनेछ । तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमानुसार सेयर रोक्का रहनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको