Like us!
Follow us!
Connect us!
Watch us!

बजार अनुगमनमा थप सक्रिय बन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,एक फर्मलाई नगद जरिवाना

अर्थ संसार

शुक्रबार, १८ पुस २०८२, १२ : ०२ मा प्रकाशित

बजार अनुगमनमा थप सक्रिय बन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,एक फर्मलाई नगद जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा काठमाडौँ उपत्यकाका १७ वटा फर्ममा एकै दिन निरीक्षण गरेको छ। उपभोक्ताको हक–अधिकार संरक्षण गर्ने उद्देश्यले गरिएको अनुगमनमा एक फर्मलाई नगद जरिवाना गरिएको छ भने अन्य फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएपछि उग्रचण्डी खाद्यान्न स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो। विभागका अनुसार उक्त फर्मले ऐनको दफा १५ तथा दफा ३८ (घ) उल्लंघन गरेकाले दफा ३९ (१) (क) अनुसार कारबाही गरिएको हो। यस्तै, निकन्टिनेन्टल प्रालिलाई व्यवसाय सञ्चालनसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। कागजातको प्रारम्भिक परीक्षणका क्रममा थप स्पष्टता आवश्यक देखिएकाले अनुसन्धानका लागि बोलाइएको विभागले जनाएको छ।

अनुगमनमा परेका बाँकी १५ वटा फर्मलाई मूल्यसूची अद्यावधिक गर्न, सरसफाइमा ध्यान दिन, म्याद नाघेका सामग्री हटाउन तथा बिलबिजकको सही प्रयोग गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र सुधार नगरे थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत विभागले दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको