मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेकामध्ये ८ वटा निर्णयहरू सार्वजनिक गरेका छन् । उनका अनुसार, सरकारले इजरायल सरकारसँगको श्रम सम्झौता स्वीकृत गरेको छ । यस्तै, नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको छ ।
त्यसैगरी,राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।
यस्ता छन् निर्णय
- समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।
- जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।
- नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको छ ।
- नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ।
- पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।
- वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।
- नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस