सिद्धार्थ बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ । योसँगै हालसम्म नेपाल धितोपत्र बोर्डले अग्राधिकार सेयर जारी गर्न अनुमति पाउने बैंकको संख्या ४ पुगेको छ ।
धितोपत्र बोर्डले आज ३ अर्ब ५० करोड रुपैयाँबराबरको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो। अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर जारी गर्नेछ।सिद्धार्थ बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ। बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
यसअघि वाणिज्य बैंकतर्फ नबिल बैंक र एनएमबि बैंक तथा विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाइसकेका छन्। नबिल बैंकले ५ अर्ब रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब रुपैयाँ र कामना सेवा विकास बैंकले ३५ करोड रुपैयाँबराबरको अग्राधिकार सेयर ल्याउने अनुमति पाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस