Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड

अर्थ संसार

मंगलबार, २२ पुस २०८२, १२ : ४५ मा प्रकाशित

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको हो । 

कम्पनीले पुस ९ देखि १४ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ६८ हजार ९६७ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।  बिक्री अवधिभर ७० हजार ४५७ जनाले आवेदन दिएकोमा ७० हजार ४४५ जनाको आवेदन स्वीकृत भएका थिए भने बाँकी ७ जनाको आवेदन रद्द भएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।

बाँडफाँडमा ६ हजार ८९६ जनाले १०÷१० कित्ताका दरले सेयर हात पारेका छन् भने सोहीमध्येबाट १० जनाले थप १÷१ कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् भने बाँकी ३८ हजारभन्दा बढी आवेदकको हात रित्तो भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको