Like us!
Follow us!
Connect us!
Watch us!

असल नीति निर्माण सही तथ्यांकले मात्रै गर्न सकिन्छ - अर्थमन्त्री खनाल

अर्थ संसार

शुक्रबार, २५ पुस २०८२, १५ : ४८ मा प्रकाशित

असल नीति निर्माण सही तथ्यांकले मात्रै गर्न सकिन्छ - अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांक मात्र असल नीति निर्माणका लागि आधार बन्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले केही समयभित्रै स्थानीय तहका लागि मानव विकास सूचकांकको प्रतिवेदन तयार पारिने जानकारी दिए। उनले विश्वास व्यक्त गरे कि यसले नीति निर्माणलाई वैज्ञानिक र समयसापेक्ष बनाउनेछ। मानव विकास सूचकांकले प्रशासनिक विकासमा समेत योगदान पुर्याउने उनको भनाइ थियो। तथ्यांक संकलनका लागि आवश्यक बजेट पूर्ण रूपमा नेपाल सरकारको अनुदानबाट राष्ट्रिय तथ्यांक कार्यालयलाई उपलब्ध गराइने पनि उनले बताए।

साथै, औद्योगिक विकाससम्बन्धी नीति निर्माणमा पनि तथ्यांकहरूको महत्त्वपूर्ण भूमिका रहने उनले उल्लेख गरे।

उनले भने, ‘तथ्यांकहरू भएन भने हामी असल नीति निर्माण गर्न सक्दैनौँ । केही समय पछि एचडीआई निकाल्दैछौँ । गाउँपालिका, नगरपालिका तहमा निकाल्न सक्यो भने वैज्ञानिक हुनसक्छ । प्रशासकीय विकासमा यसले राम्रो गर्छ । ती नीतिहरू निर्माण गर्नको निमित्त फाइदाजनक हुन्छ । यसका लागि राष्ट्रिय तथ्यांक कार्यालयलाई सहयोग गर्न सरकार तयार छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको