Like us!
Follow us!
Connect us!
Watch us!

म विश्वस्त छु पार्टी फुट्दैन - शेरबहादुर देउवा

अर्थ संसार

सोमबार, २८ पुस २०८२, ११ : ३८ मा प्रकाशित

म विश्वस्त छु पार्टी फुट्दैन - शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको पक्षमा उभिएका समूहले पार्टी विभाजन गर्न खोजेको बताएका छन् । आज बिहान आफूलाई भेट्न आएका नेता–कार्यकर्तासँगको भेटमा उनले यस्तो बताएका हुन्।

‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म विश्वस्त छु’, भेटका क्रममा नेताहरूसँग उनले भने ।

विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने उनको भनाइ छ ।संस्थापन पक्षकै केही नेताहरु आज बिहान देउवालाई भेट्न गएका थिए । उनले यो विशेष महाधिवेशन वैधानिक नभएको बताएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भएको छ । आज बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको