नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरूतर्फ संकेत गर्दै लोकतन्त्र कुनै चमत्कार नभएको बताएका छन्। काठमाडौंमा जारी कांग्रेसको दोस्रो विशेष अधिवेशनको दोस्रो दिन सोमबार समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले लोकतान्त्रिक व्यवस्था सफल हुन लोकतान्त्रिक संस्थाहरू सक्षम र सबल हुन आवश्यक रहेकोमा जोड दिए।
प्रतिवेदनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी तथा यसका नेता रवि लामिछाने र बालेन शाहको नाम नलिइकनै प्रियतावादबाट उत्पन्न चुनौतीलाई सामना गर्दै उदार लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी नेपाली कांग्रेसकै भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्,‘विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको लहरपछि नेपालमा पनि प्रवृत्ति र पात्रहरूले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलवादी सिद्धान्त तथा मूल्य र मान्यताको अवमूल्यन गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यस्ता पात्र र प्रवृत्तिहरूले गर्दा लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाएर होइन चमत्कारबाट हुन्छ भन्ने भ्रम सिर्जना भइरहेको छ।’
प्रतिवेदनमा भनिएको छ, ‘यस्तो प्रवृत्तिलाई रोकी उदार तथा समावेशी लोकतन्त्र र बहुलवादी समाजको संवर्द्धन र प्रवर्द्धन गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व हो । लोकतन्त्र भनेको चमत्कार होइन, यो प्रणाली, पद्धति र प्रक्रिया हो ।’
उनको भनाइ 'विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको लहरपछि नेपालमा पनि प्रवृत्ति र पात्रहरूले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलवादी सिद्धान्त तथा मूल्य र मान्यताको अवमूल्यन गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यस्ता पात्र र प्रवृत्तिहरूले गर्दा लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाएर होइन चमत्कारबाट हुन्छ भन्ने भ्रम सिर्जना भइरहेको छ।
यस्तो प्रवृत्तिलाई रोकी उदार तथा समावेशी लोकतन्त्र र बहुलवादी समाजको संवर्द्धन र प्रवर्द्धन गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व हो । लोकतन्त्र भनेको चमत्कार होइन, यो प्रणाली, पद्धति र प्रक्रिया हो । लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक संस्था सक्षम र सबल हुनुपर्छ र सरकार र राजनीतिक पार्टीहरू जनताप्रति उत्तरदायी हुनुपर्छ । लोकतान्त्रिक संस्थाहरू कार्यमूलक र प्रभावकारी भए पद्धतिको विकास हुन्छ र पद्धतिको विकास भए मात्रै प्रणालीको विकास हुन्छ ।
त्यसैले लोकतन्त्रको अर्थ केवल शासन प्रणाली मात्रै होइन, जीवन पद्धति हो । लोकतन्त्र प्रणालीप्रधान तथा संस्थाप्रधान हुन्छ । लोकतन्त्र विधिसम्मत र प्रक्रियामुखी हुन्छ । त्यसैले पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूबाट सचेत हुँदै लोकतन्त्र र संविधानको रक्षा गर्न सम्पूर्ण नेपाली जनतालाई नेपाली कांग्रेसको यो महाधिवेशन विशेष आह्वान गर्दछ |'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस