नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली पार्टी गम्भीर अवस्थामा पुगेको बताएका छन् । केन्द्रीय कार्यालयमा सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले विभाजनको पीडा भोगेको भन्दै यसपटक पनि कांग्रेस क्रिटिकल अवस्थामा पुगेको बताएका हुन् ।
विजयकुमार गच्छदार,‘पार्टी क्रिटिकल अवस्थामा गएको छ। भित्र पनि महसुस छ। म पार्टी विभाजन भोगेको बुझेको छु ।'
उनले देश संकटमा पुगेको बेला कांग्रेसको अहम भूमिका रहेको उल्लेख गर्दै अहिलेको अवस्था संकटको सामना गर्नुपर्ने परिस्थिति भएको बताए । गच्छदारले आफू दुवै पक्षसँग कुरा गर्ने भूमिका खेलिरहेको स्पष्ट पारे। विशेष महाधिवेशनको उनले आफू त्यसको विरोधी नभएको बताए। उनले पार्टीको संकट समाधानका लागि विशेष महाधिवेशन चारैतिर मिलाएर गर्न सकिएको भए राम्रो हुने धारणा राखे। ‘पार्टीको संकटको सामना विशेष महाधिवेशन गर्न चारैतिर मिलाएर गर्दा राम्रो हुने थियो’ उनले भने।
विशेष महाधिवेशनले पार्टीलाई विभाजनमा पुर्याउन नहुने उनको भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस