Like us!
Follow us!
Connect us!
Watch us!

देउवा पक्षलाई पठाइयो सहमतिका लागि ८ बुँदे प्रस्ताव - गगनलाई भावी प्रधानमन्त्रीदेखि देउवा निष्क्रियसम्म

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १४ : ५१ मा प्रकाशित

देउवा पक्षलाई पठाइयो सहमतिका लागि ८ बुँदे प्रस्ताव - गगनलाई भावी प्रधानमन्त्रीदेखि देउवा निष्क्रियसम्म

नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले सहमतिको आधार खोज्दै संस्थापनसमक्ष ८ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्।

सानेपामा जारी केन्द्रीय समिति बैठकका क्रममा गगन थापा–विश्वप्रकाश शर्माले केही सर्तसहितका प्रस्ताव अघि सारेका हुन्। प्रस्तावमा सभापति शेरबहादुर देउवाको भूमिका निष्क्रिय रहनुपर्ने, उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्नुपर्ने, आगामी चुनावमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्नुपर्ने तथा गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा उम्मेदवार घोषणा गरेर अघि बढ्नुपर्ने लगायतका विषय समेटिएका छन्।

यस्ता छन् प्रस्तावहरू

- विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने ।

-परिमार्जन सहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने ।

-सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने ।

-उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने ।

-आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने ।

- कुनैपनि दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने ।

-नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने ।

- यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने । जसमा – कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको