Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वनिर्धारित योजना रहेछ, पार्टी बचाउन सकिनँ - पूर्णबहादुर खड्का

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १५ : ५७ मा प्रकाशित

पूर्वनिर्धारित योजना रहेछ, पार्टी बचाउन सकिनँ - पूर्णबहादुर खड्का

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेको छ। सानेपामा बसेको बैठकमा यो निर्णय गरेको हो।

महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा अन्य पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ। यसबीच, पटकपटक संस्थापन पक्षीय नेतासँग भएको वार्ता असफल भएपछि देउवा पक्षले अन्तिम क्षणमा उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।

कारबाहीको निर्णय सुनाउँदै गर्दा केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल देखिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा खड्का भावविह्वल बनेका थिए । ‘यतिधेरै गर्दानी नमान्दा पूर्वनिर्धारित योजना रहेछ, पार्टी बचाउन सकिनँ,’ खड्काले बैठकमा भनेका थिए ।

उनी थप भावविह्वल बनेको सुनाउँदै ती केन्द्रीय सदस्यले थपे, ‘सबै यत्न प्रयत्न गर्दा पनि साथीहरू लाई मनाउन सकिनँ ।’

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको