नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई गरेको निष्कासनलाई विशेष महाधिवेशनको हलले खारेज गरेको छ। विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै उक्त कथित निष्कासन निर्णयलाई महाधिवेशनको हलले अस्वीकार गरेको जानकारी दिएका हुन्।
उनले कारबाहीसम्बन्धी प्रचारबाट विचलित नहुन आग्रह गर्दै विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने दाबी गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस