कांग्रेस नेता गगन थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेस केन्द्रीय कार्यसमिति पहिले नै भङ्ग भइसकेकाले अब नयाँ कार्यसमिति चयन हुने बताएका छन्। भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको हलमा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले विशेष महाधिवेशनमार्फत निर्वाचन प्रक्रिया अघि बढ्ने र नयाँ कार्यसमिति चयन गर्ने बताए । ‘विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्छ’, महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले भने– ‘सानेपामा बसेर गरेको निर्णयबारे मेरो कुनै प्रतिक्रिया छैन, किनभने त्यो अस्ति नै भङ्ग भैसकेको छ ।’
उनले निर्वाचन आयोग र नेपालको संविधान कानुनप्रति विश्वास रहेकाले कांग्रेस विधान अनुसार गरिएको विशेष महाधिवेशनलाई आयोगले मान्यता दिने विश्वास व्यक्त गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस