Like us!
Follow us!
Connect us!
Watch us!

मैले देउवालाई बुझाउनै सकिनँ - गगन थापा

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १६ : ५८ मा प्रकाशित

मैले देउवालाई बुझाउनै सकिनँ  - गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू सभापति शेरबहादुर देउवालाई आफ्ना कुरा बुझाउन असफल भएको बताएका छन्।

देउवा पक्षबाट कारबाही भएपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले देउवाले आज बिहानसमेत ‘वैशाखमा नियमित महाधिवेशन हुन्छ, त्यही बेला सभापति बन्नु’ भनेर सुझाएको उल्लेख गरे।

‘मैले उहाँलाई कुरा बुझाउनै सकिनँ । म त अहिले महामन्त्री छु । विश्वप्रकाश शर्मा महामन्त्री हुनुहुन्छ,’ थापाले भने, ‘हामीहरू त्यसै पार्टीको संसदीय समितिभित्र छौं । हामीले चुनाव लड्ने भन्दा साथीहरूले मेरो क्षेत्रमा चुनाव लड्दे भनेर बोलाएकै छन् । माया गरेकै छन् । हाम्रोबारेमा चिन्ता हो र ?’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको