Like us!
Follow us!
Connect us!
Watch us!

'लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन, संस्थाले जे भन्यो त्यही आधिकारिक हुन्छ'

अर्थ संसार

शुक्रबार, ०२ माघ २०८२, १२ : ३४ मा प्रकाशित

'लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन, संस्थाले जे भन्यो त्यही आधिकारिक हुन्छ'

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा गएका नेताहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन्। पार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेका अवसरमा उनले यस्तो बताएका हुन्।

डा. कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूको पक्षमा रहेको दाबी गर्दै निर्वाचन आयोगमा जानुपर्ने अवस्था नै नरहेको बताए। तर सञ्चारमाध्यमहरूको दबाबका कारण आयोगमा पुग्नुपरेको उनको भनाइ थियो। पार्टीको आधिकारिकता सम्बन्धी निर्णय निर्वाचन आयोगले लोकतान्त्रिक पद्धतिअनुसार गर्ने विश्वास पनि उनले व्यक्त गरे।

उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने अधिकार भए पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि तय गर्ने जिम्मेवारी केन्द्रीय समितिकै रहेको स्पष्ट व्यवस्था रहेको जिकिर गरे। कुनै एक पदाधिकारीले विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको उल्लेख गर्दै उनले व्यक्ति होइन, संस्थागत निर्णय नै आधिकारिक हुने दाबी गरे।

उनले भने, ‘नेपाली कांग्रेसको सिंगो केन्द्रीय सदस्यहरू यहीँ हुनुहुन्छ । केही चोइटिएर जानुभएको होला । तर सिंगो केन्द्रीय सदस्य यहाँ हुनुहुन्छ । कसैले, कुनै पदाधिकारी वा विशेष अधिवेशन बोलाउने अधिकार छ कि छैन, नेपाली कांग्रेसको विधानले त्यो अधिकार दिएको छैन । आज टुँडिखेलमा गइकन कुनै निर्वाचन आयुक्तले ६ गते निर्वाचनको नोमिनेसन हुँदैन भन्यो भने निर्वाचन आयोगलाई मान्य हुन्छ कि हुँदैन ? यो गम्भीर विषय हो । यो कुरा सोच्नुपर्छ । व्यक्ति होइन संस्था खोजेको हो । संस्थालाई हेरेर अघि बढ्नुपर्छ । जुन साथीहरूको सिग्नेचर तपाईंहरूलाई पनि आएको होला । ती सिग्नेचर फिर्ता भएको निस्सा तपाईंहरूलाई प्रस्तुत गर्नेछौँ ।’

उनले महाधिवेशनमा गएका ८८५ जना महाधिवेशन प्रतिनिधिहरूले उक्त महाधिवेशनबाट आफूहरू फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको जानकारी दिए । आयोगलाई उक्त हस्ताक्षरसहितको प्रमाण पनि पार्टीले पेस गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको