Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुर २ - महेश बस्नेत र रास्वपाका राजीव खत्रीको भिडन्त

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, ११ : ४६ मा प्रकाशित

भक्तपुर २  - महेश बस्नेत र रास्वपाका राजीव खत्रीको भिडन्त

भक्तपुर–२ मा नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीव खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। खत्रीले सुरुमा काठमाडौं–१० बाट चुनाव लड्ने तयारी गरेतापनि भक्तपुर–२ मा उम्मेदवारी टुंगिएको हो। 

भक्तपुर–२ बस्नेतको परम्परागत निर्वाचन क्षेत्र हो भने खत्री काठमाडौं–१० का बासिन्दा हुन्। गत आमनिर्वाचनमा बस्नेत पराजित भएका थिए। खत्री भने हालै मात्र राजनीतिमा सक्रिय भई पहिलोपटक चुनावी मैदानमा उत्रिन लागेका हुन्। उनले काठमाडौं–१० बाट उम्मेदवारी दिन इच्छा व्यक्त गरे पनि पार्टी सभापति रवि लामिछाने र मेयर साहको सल्लाहमा उनलाई भक्तपुर–२ पठाउने निर्णय भएको बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको