राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। समर्थकहरू र बाजागाजासहित उनी दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्।
मनोनयन दर्ताका क्रममा बालेनलाई विभिन्न स्थानमा कलससहित भव्य स्वागत गरिएको थियो। कार्यालय पुगेपछि उनले केही समयमै आफ्नो मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि बालेन सक्रिय राजनीतिमा होमिएका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस