पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो धरौटी तिर्न आदेश दिएको हो।
गत असार १ मा वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता गरिएको थियो। उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग गरिएको छ।
हाल, लामिछाने अदालतमा हाजिर भएर चितवन २ बाट मनोनयनमा उम्मेदवारी दिने तयारी गरिरहेका थिए
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस