Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ - केपी ओली

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, १० : ५७ मा प्रकाशित

बालेनको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा ५ मा उम्मेदवार मात्रै हुने जिकिर गरेका छन्। झापा ५ का युवा भेलालाई सम्बोधन गर्दै बालेनसँग कुनै भिजन समेत नभएको बताए।

उनले नयाँ भन्दैमा केही नहुने बताए।

उनले भने, ‘अहिले पनि यहाँ नयाँ भनेको सुन्छ, चिनेको जानेको छैन। बैंकले नोट छाप्दा धितो जमानीबिना छाप्दैन। यहाँ भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन। भोलि खोज्न कहाँ जाने ? उहाँको यहाँ कोही पनि छैन। यहाँको उत्तरदायित्व केही छैन । राष्ट्रिय स्तरमा भिजन भएको पनि होइन। उहाँले यहाँ के गर्नुभयो र भोट हाल्ने ? उहाँको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ। महोत्तरी ३ मटियारीबाट जनकपुर जाने बाटो मैले पुल हालिदिएको छु मैले। खोला छेउमा बस्ती बनाएर बसेको देख्नै हुँदैन रे। सबै भत्काउँछन् रे। कवाडीहरूले गरिखान पाउँदैनन् रे।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको