Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरलेको एजिएम रद्द, अराजक समूहको दादागिरी र धाकधम्कीले गर्दा साधारणसभा रोकिएको कम्पनीको भनाइ

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, २० : ०४ मा प्रकाशित

सिनर्जी पावरलेको एजिएम रद्द, अराजक समूहको दादागिरी र धाकधम्कीले गर्दा साधारणसभा रोकिएको कम्पनीको भनाइ

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारणसभा स्थगित भएकाे छ । आजाका लागि बाेलाएकाे साधारणसभा  बिबादका कारण राेकिएकाे हाे । 

कम्पनीले केही अराजक समूहको गतिविधिको कारण आजको लागि बोलाइएको साधारणसभा स्थगित भएको जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । केही लगानीकर्ताले शेयरधनीहरु, रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी, निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिई साधारण सभाको नियमित काम कारवाही शुरु गर्न अवरोध गरेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको २०८२ पुस ३ गतेको संचालक समितिको बैठकले २०८२ पुस २८ गते कम्पनीको १९ औं साधारणसभा गर्ने निर्णय गरेको थियो। सो दिन गणपूरक संख्या नपुगेकोले आज माघ ८ गते पुनः साधारणसभा बोलाईएको थियो। कम्पनीका अनुसार आजको साधारण सभा शुरु हुनभन्दा अघि केही व्यक्तिहरुको अराजक समूहले साधारण सभा स्थल तथा सभा हल कब्जा गरी शेयरधनी उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई शेयर शेयरधनीहरु, रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी, निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिई साधारण सभाको नियमित काम कारवाही शुरु गर्न अवरोध पुर्याएका थिए । यस किसिमका अराजक गतिविधिका कारण उक्त साधारण सभा शुचारू गर्न नसकिएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार उक्त साधारण सभामा प्रोक्सी दर्ता गरेका शेयरधनीहरुलाई निर्वाचन अधिकृतले रद्द भएको प्रोक्सीको विवरण भरपाई गरी लिनुहोस् भनि अनुरोध गरेकोमा साधारण सभा स्थल मै प्रोक्सी प्रमाणित गर्नुपर्छ, शेयर रजिष्ट्रार र निर्वाचन अधिकृतले प्रमाणित गरेको प्रोक्सिलाई हामी मान्दैनौ भनि कम्पनीका कर्मचारीहरु माथी हातपातसम्मको प्रयास भएको थियो ।

यस्तो अवस्थामा वार्षिक साधारण सभा सञ्चालन असम्भव भएको हुनाले सञ्चालक समितिको निर्णय बमोजिम आजको साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ । साधारण सभामा भएको यस किसिमको अराजक गतिविधीप्रति कम्पनीको सञ्चालक समितिले खेद प्रकट गरेको छ । 

 

6972334b5659f.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको