Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकले निःशुल्क क्रेडिट कार्ड दिने

अर्थ संसार

शुक्रबार, ०९ माघ २०८२, ११ : ३८ मा प्रकाशित

सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकले निःशुल्क क्रेडिट कार्ड दिने

सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडका बीमित र बीमा अभिकर्ताहरूलाई एनआईसी एशिया बैंक लिमिटेडले जीवनभरका लागि निःशुल्क क्रेडिट कार्ड दिने भएको छ । सूर्यज्योति लाइफ र एनआईसी एशिया बैंकबीच भएको एक सम्झौता बमोजिम बीमित र अभिकर्ताले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड पाउने भएका हुन् । 

यस सम्झौतापत्रमा सूर्यज्योति लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्री र एनआईसी एशिया बैंकका तर्फबाट पनि सीईओ सुजित कुमार शाक्यले हस्ताक्षर गरेका हुन् । यो सम्झौताबाट सूर्यज्योति लाइफका बीमिति र बीमा अभिकर्ताहरूलाई वार्षिक शुल्क विनै क्रेडिट कार्ड प्राप्त गर्न अवसर मिल्ने कम्पनीले जनाएको छ । अर्थात् बैंकको क्रेडिट कार्ड प्रयोग गरे बापत वर्षैपिच्छे शुल्क तिर्न नपर्ने र यो जीवनरका लागि लागू रहने बताएको छ । 

यसबाट आकस्मिक वित्तीय आवश्कता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न सहज बनाउने विश्वास कम्पनीले लिएको छ । ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले चालेको यस कदमबाट सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई प्रत्यक्ष फाइदा पुग्नुका साथै क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको