Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य विभागको बजार अनुगमन,कार्टस इन्टरप्राइजेजलाई ५० हजार जरिवाना

अर्थ संसार

सोमबार, १२ माघ २०८२, ११ : ०७ मा प्रकाशित

वाणिज्य विभागको बजार अनुगमन,कार्टस इन्टरप्राइजेजलाई ५० हजार जरिवाना

नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। अनुगमनका क्रममा कैफियत फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उक्त फर्ममाथि कारबाही गरिएको विभागले जनाएको छ।

विभागका अनुसार काठमाडौंका विभिन्न १७ वटा फर्ममा गरिएको अनुगमनमध्ये कार्टस इन्टरप्राइजेज प्रालिमा कानुनविपरीत गतिविधि देखिएकाले जरिवाना गरिएको हो। बाँकी १६ वटा फर्मलाई भने आवश्यक सुधार गर्न निर्देशन दिइएको छ। विभागले उपभोक्ता हित संरक्षणका लागि नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै सुधारात्मक अभियानलाई अझ तीव्र बनाइरहेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको