Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा एकै दिन साढे २० हजारकाे गिरावट, ताेलकाे कति पुग्याे ?

अर्थ संसार

शुक्रबार, १६ माघ २०८२, १० : ५३ मा प्रकाशित

सुनको मूल्यमा एकै दिन साढे २० हजारकाे गिरावट, ताेलकाे कति पुग्याे ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारि गिरावट आएको छ । अघिल्लो दिन एकै दिन २० हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य आज त्यति नै घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २० हजार ५०० रुपैयाँ र चाँदी ४४० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ४४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको