यो सता नेपाली बजारमा सुनको मूल्यमा धेरैको वृद्धि र गिरावट देखियो । एकै दिन साढे २० हजारले बढेको सुनको मूल्य एकै दिन नै साढे २० हजार रुपैयाँले घटेको हो ।
विहीबार २० हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार सोही दरमा घटेर ३ लाख १८ हजार ८०० रुपैयाँमा झरेको हो । साताको पछिल्लो दुई दिनमा उच्च घटबढ भए पनि समग्रमा साताभरमा १७ हजार ४०० रुपैयाँले मूल्य बढेको हो । माघ ९ गते शुक्रबार ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य माघ १६ गते शुक्रबारसम्म आइपुग्दा १७ हजार ४०० रुपैयाँले बढेर ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो ।
गत माघ ११ गते ३ लाख ३ हजार ८०० रुपैयाँ, माघ १२ मा ३ लाख ९ हजार, माघ १३ गते ३ लाख ९ हजार ३०० र माघ १४ मा ३ लाख १८ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो । केही दिनअघि बढेको सुनको मूल्य अचानक शुक्रबार घटेको हो । अब केही दिन सुनको मूल्य घट्ने संकेत देखिएको व्यवसायीहरुले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस