Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगले काठमाडौं महानगरलाई सोध्यो स्पष्टीकरण

अर्थ संसार

मंगलबार, २० माघ २०८२, १५ : ४८ मा प्रकाशित

निर्वाचन आयोगले काठमाडौं महानगरलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि महानगरपालिकाले ७० वर्ष वा सोभन्दा माथिका नागरिकलाई घर–घर पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालेको विषयमा आयोगले महानगरपालिकालाई पत्र लेखेको हो। यस सम्बन्धमा कार्यवाहक नगरप्रमुखले दिएको अभिव्यक्तिको श्रव्य–दृश्य सामग्री आयोगमा प्राप्त भएको पनि पत्रमा उल्लेख छ।

निर्वाचन आचारसंहिता २०८२ को दफा ५, खण्ड (क), उपखण्ड (ग) अनुसार, ‘वार्षिक बजेट र कार्यक्रममा स्वीकृत नभएका अन्य कार्यक्रम सञ्चालन गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न वा लागू गर्न नहुने तर, सरुवा रोगको महामारी वा नियन्त्रण बाहिरको कुनै अप्रत्याशित परिस्थिति सिर्जना भएमा आयोगको अनुमति लिएर त्यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

यस सन्दर्भमा कार्यबाहक नगरप्रमुखले सुरु गरेको भनिएको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको कार्यक्रम हो वा होइन ? भनेर आयोगले महानगरपालिकालाई जवाफ सहित कागजात पेश गर्न भनेको छ । ‘यदि उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको भए सो कागजातको प्रमाणित प्रति यो पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्नु हुन निर्णयानुसार अनुरोध छ’ आयोगले सोमबार महानगरलाई लेखेको पत्रमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको