Like us!
Follow us!
Connect us!
Watch us!

‘समृद्ध नेपाल, सुखी नेपाली’ वेदले भनेको कुरा हाे - केपी शर्मा ओली

अर्थ संसार

आइतबार, २५ माघ २०८२, १० : ५९ मा प्रकाशित

‘समृद्ध नेपाल, सुखी नेपाली’ वेदले भनेको कुरा हाे  - केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रयोग गर्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा वेदबाट प्रेरित रहेको बताएका छन्। झापामा आयोजित एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्। विश्वमा ज्ञान, सृष्टिजस्ता अनेक रचना गर्ने नेपालीका पूर्वजहरू नै रहेको ओलीले बताए ।

ओलीले भने,‘मैले नेपाल कस्तो हुनुपर्छ भनेर पनि समृद्ध नेपाल अथवा हाम्रो देश धनी हुनुपर्दछ समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भनेर समृद्ध नेपाल र सुखी नेपाली भन्ने भनेको छु । यो कुरा हाम्रा वेदहरूले भनेको कुरा हो । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु दुःख कसैलाई पनि नपरोस् भन्ने त्यो भाव सबैमा आओस् भन्ने त्यो पुरानो हाम्रो मन्त्र नै हो । शास्त्र बनाउने हाम्रा पूर्वज थिए, पहिलो सर्जन यहीँ धर्तीका थिए । त्रेतामा विश्वामित्र ऋषि विश्वामित्रका छोरा ऋषि सुश्रुत पहिलो सर्जन थिए विश्वकै । पहिलो सर्जरी गर्ने उनी नै थिए ।’

वेदहरूले भनेजस्तै ‘सबै मान्छे सुखी हुन् कसैले पनि दुःख नपाओस्’ भन्ने आफूले चाहेको पनि अध्यक्ष ओलीले बताए । उनले भने, ‘कोही पनि कुनै आपतमा नपरोस्, डर त्रासको वातावरण नहोस्, सर्वत्र शान्ति होस् ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको