Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्याएँ, सडक बालबालिका छैनन्  — केपी ओली

अर्थ संसार

सोमबार, २६ माघ २०८२, १७ : २४ मा प्रकाशित

सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्याएँ, सडक बालबालिका छैनन्  — केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०५१ सालमा सुरु गरिएको सामाजिक सुरक्षा भत्ता आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा ४ हजार रुपैयाँ पुर्‍याएको बताएका छन्।

घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै उनले पटक–पटक सरकार परिवर्तन हुँदा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेकाले भत्ता थप बढाउन नसकिएको बताए। साथै, सडक बालबालिकाको समस्या अन्त्य गर्न अभियान नै सञ्चालन गरिएको उल्लेख गर्दै पछाडि परेका समुदायलाई अघि बढाउने विभिन्न कार्यक्रम आफूले अघि सारेको दाबी गरे।

उनले भने, ‘करिब ३८ अर्ब पैसा त्यसमा खर्च भइरहेको छ। ठुलो रकम त्यसमा खर्च भइरहेको छ, ज्येष्ठ नागरिक, एक महिला, अशक्त भएका व्यक्तिहरू सबैले त्यसको लाभ लिइरहेका छन्।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको