आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नोक्सानी बढ्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सानी बढ्दै गएको देखिएको हो ।
पुस मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफा १८ करोड ११ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १४ करोड ३० लाख रुपैयाँ रहेको थियो । भदौमा भएको जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो राशीको बीमा दाबीमा खर्च हुँदा नाफा केहि प्रभावित भएपनि अन्य सूचक लयमा देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १५.१२ प्रतिशतले बृद्धि भएको छ । यसअवधिमा कम्पनीले ५७ करोड ६६ लाखको बीमा व्यवसाय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड ८ लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो ।
समिक्षा अवधिमा चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने १७ करोड ५३ लाख रुपैयाँ ऋणत्मक र महाबिपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चिती रहेको छ । साथै कम्पनीको बीमा कोषमा ७ अर्ब ७९ करोड ९० लाख रुपैयाँ सञ्चिती रहेको छ । कम्पनीको कुल आम्दानी ३.६१ प्रतिशतले बढेर ९३ करोड २ लाख र कुल खर्च ७१.४८ प्रतिशतले बढेर १ अर्ब १८ करोड ९० लाख रुपैयाँ रहेको छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी ९.४५ रुपैयाँले घटेर ११.९६ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १७६.२५ रुपैयाँ रहेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस