Like us!
Follow us!
Connect us!
Watch us!

फागुनका लागि पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुनको कति ?

अर्थ संसार

विहीबार, २९ माघ २०८२, १० : १५ मा प्रकाशित

फागुनका लागि पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुनको कति ?

वाणिज्य बैंकहरूले फागुन महिनादेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले जारी गरेको विवरणअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दति निक्षेपतर्फ हेर्दा फागुन महिनामा अधिकतम औसत ब्याजदर घटेको देखिन्छ। माघ महिनामा ४.६८ प्रतिशतमा रहेको यस्तो ब्याजदर फागुनमा ०.११ प्रतिशत बिन्दुले घटेर ४.५६ प्रतिशतमा झरेको हो।

त्यस्तै, संस्थागत मुद्दति निक्षेपतर्फ पनि ब्याजदर ओरालो लागेको छ। समीक्षा अवधिमा यसतर्फको अधिकतम औसत ब्याजदर ०.०५ प्रतिशत बिन्दुले घटेको छ।

 

फागुन महिनाका लागि सार्वजनिक गरिएको ब्याजदर विवरणअनुसार ९ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा दिइने अधिकतम ब्याजदर घटाएका छन्। तीमध्ये सबैभन्दा ठूलो कटौती ग्लोबल आइएमई बैंकले गरेको छ। माघ महिनामा ५.५ प्रतिशतसम्म ब्याजदर कायम गरेको उक्त बैंकले फागुनका लागि दर घटाएर ४.७५ प्रतिशतमा झारेको छ।

यद्यपि, सबै बैंकले भने ब्याजदर घटाएका छैनन्। ११ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा माघ महिनामा लागू गरिएको ब्याजदरलाई नै फागुन महिनामा पनि यथावत् राखेका छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको