केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै वर्तमान अवस्थामा तीन महत्वपूर्ण जिम्मेवारीप्रति सचेत रहन आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले भनेका छन् 'आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ, पहिलो, राष्ट्रिय स्वाधीनता रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने, दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने, तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने ।’
उनले प्रजातन्त्र दिवसलाई जनताको साहस, त्याग र बलिदानका कारण जहानियाँ राणा शासन अन्त्य भई स्वतन्त्रता र अधिकारको नयाँ बिहानी प्रारम्भ भएको ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्। साथै, प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने अमर शहीदहरू—शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ—प्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गरेका छन्।
इतिहासबाट प्रेरणा लिँदै जिम्मेवारीपूर्ण ढंगले अघि बढ्न उनले सबैमा आह्वान गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस