Like us!
Follow us!
Connect us!
Watch us!

झण्डा जलाएर आस्थामा चोट पुर्‍याउने अपराधी हुन् - एमाले महासचिव

अर्थ संसार

शुक्रबार, ०८ फागुन २०८२, ११ : ५३ मा प्रकाशित

झण्डा जलाएर आस्थामा चोट पुर्‍याउने अपराधी हुन् -  एमाले महासचिव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्नो झण्डा जलाएको घटनाप्रति एमाले महासचिव शंकर पोखरेलले कडा आपत्ति जनाएका छन् ।  उनले  यस्तो व्यवहारलाई अराजकता र उदण्डताको संज्ञा दिँदै यसमा कुनै नयाँपन नभएको बताए। सामाजिक सञ्जालमा लेख्दै उनले आफ्नो आस्थाको प्रतीक झण्डा जलाएर चोट पुर्‍याउनेहरूलाई जनताले चिन्नुपर्ने उल्लेख गरे।

पोखरेलको भनाइ छ, ‘अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।’

बिहीबार राति सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ता र समर्थकले एमालेको सूर्य चिन्ह अंकित झण्डा जलाएका थिए । रास्वपाले भने घुसपैठ भएको जिकिर गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको