Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा जानेको संख्या दुई प्रतिशतले बढ्यो, सात लाख ७२ हजारले लिए श्रम स्वीकृति

अर्थ संसार

शनिबार, ०९ फागुन २०८२, २० : ५१ मा प्रकाशित

वैदेशिक रोजगारीमा जानेको संख्या दुई प्रतिशतले बढ्यो, सात लाख ७२ हजारले लिए श्रम स्वीकृति

पछिल्लो सात महिनामा करिब एक सय छवटा मुलुकमा कामका लागि जान मासिकरूपमा करिब ५५ देखि ६५ हजार युवाहरूले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार ७ महिनामा वैदेशिक रोजगारीमा जान चार लाख ७२ हजार छ सय ७३ जना युवाले श्रमस्वीकृति लिएका हुन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २५ प्रतिशत अर्थात् १० हजार चार सय २२ जनाले बढी हो । गत आर्थिक वर्षको सात महिनामा चार लाख ६२ हजार दुई सय ५१ युवाले श्रम स्वीकृति लिएका थिए ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले चालू आवको सात महिनामा सबैभन्दा कम ९८ वटा मुलुक र सबैभन्दा बढी एक सय १४ वटा मुलुकमा काम गर्न जानका लागि युवाहरूले श्रम स्वीकृति लिएको जानकारी दिए । उनका अनुसार साउनमा एक सय पाँचवटा मुलुकका लागि ६८ हजार एक सय १० जना (पुरुष ५८९४८ र महिला ९१६२) र भदौमा ९८ वाट मुलुकका लागि ६७ हजार नौ सय ७२ जना (पुरुष ५९९२३ र महिला ८०४९) र असोजमा एक सय १४ वटा मुलुकका लागि ६४ हजार छ सय ३४ जना (पुरुष ५६६२५ र महिला ८००९)ले श्रम स्वीकृति लिएका छन् ।

कात्तिकमा एक सय छवटा मुलुकका लागि ७३ हजार ९४ जना (पुरुष ६४४९० र महिला ८६०४), मंसिरमा एक सय आठवटा मुलुकका लागि ६५ हजार सात सय पाँच जना (पुरुष ५८०८३ र महिला ७६२२), पुसमा एक सय पाँचवटा मुलुकका लागि ६२ हजार पाँच सय ५९ जना (पुरुष ५५५४१ र महिला ७०१८) र माघमा एक सय सातवटा मुलुकका लागि ७० हजार पाँच सय तीन जना (६२१६२ पुरुष र ८३४१ महिला)ले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जानका लागि महिलाभन्दा सात, आठ गुणा बढी पुरुषले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृतिको लागि तुलनात्मकरूपमा महिलाभन्दा बढी पुरुष देखिए पनि सरकारले श्रम सम्झौता तथा द्विपक्षीय सम्झौतामा ध्यान दिन नसक्दा उनीहरू असुरक्षित वातावरणमा काम गर्नुपर्ने बाध्यता रहेको जानकारहरू बताउँछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको