Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण

अर्थ संसार

आइतबार, १० फागुन २०८२, ११ : १० मा प्रकाशित

सन नेपाल लाइफको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण

ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरिएको छ । नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसी तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कम्पनीका अनुसार, नयाँ स्थानबाट ग्राहकलाई अझ सहज, व्यवस्थित र गुणस्तरीय बीमा सेवा प्रदान गरिनेछ। शाखाबाट पोलिसी सेवा, प्रिमियम संकलन तथा दाबी प्रक्रिया सम्बन्धी सेवा उपलब्ध हुनेछन् ।

सन नेपाल लाइफले सेवा विस्तार र पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै देशभर आफ्नो उपस्थितिलाई सुदृढ गर्दै आएको छ। हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देश भर १४८ शाखा तथा उप शाखा संचालनमा रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको