Like us!
Follow us!
Connect us!
Watch us!

पुनर्बीमा सम्बन्धि नियम पुनरावलोकन गर्नु आवश्यक छ - अध्यक्ष वैदवार

अर्थ संसार

विहीबार, १४ फागुन २०८२, १४ : १६ मा प्रकाशित

पुनर्बीमा सम्बन्धि नियम पुनरावलोकन गर्नु आवश्यक छ - अध्यक्ष वैदवार

नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले पुनर्बीमा सम्बन्धि नियमलाई पुनरावलोन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंको आयोजित एक कार्यक्रममा बोल्दै नेपाली निर्जीवन बीमा कम्पनीहरुले विदेश पुनर्बीमा कम्पनीहरुमा पनि पुनर्बीम गर्न पाउने पर्ने धारणा व्यक्त गरेका हुन् ।

नेपाली निर्जीवन बीमा कम्पनीहरुले देशमा विभिन्न समयमा भएका ठूला–ठूला घटनाहरुमो चाँडो भन्दा चाँडो बीमा दावी भुक्तानी गरेर बीमाप्रति जनसमुदायको धारणा सकारात्मक बनाउन सफल भएको बताए । उनले भने, ‘बाढी पहिरो तथा जेन–जी आन्दोलनको क्षतिमा परेको अर्बौ रुपैयाँको दावी भुक्तानी सहज रुपमा दिएका छौं । हामीले सही तरिकाले पुनर्बीमा गरेका छौं । तर, नेपाली पुनर्बीमाहरुका कारण दावी भुक्तानीमा ढिलाइ भइरहेको छ ।’

अध्यक्ष बैदवारले आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सलाई नयाँ केन्द्रिय कार्यालय बनाउन सफल भएकोमा बधाई ज्ञापन गरेका छन् । उनले यो समग्र बीमा क्षेत्रको विकासको लागि महत्वपूर्ण भौतिक संरचना भएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको