Like us!
Follow us!
Connect us!
Watch us!

६ अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम ४ अर्ब १७ करोड

अर्थ संसार

विहीबार, १४ फागुन २०८२, १५ : ०६ मा प्रकाशित

६ अंकले  बढेर बन्द भयो नेप्से, कारोबार रकम ४ अर्ब १७ करोड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.०३ अकंले बढेर २६५४.९३ बिन्दुमा बन्द भएको  छ । आज ३३५ कम्पनीको १ करोड ५३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोडको कारोबार भएको हो ।

आज निर्जीवन बीमा समूह र फाइनान्स समूहको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । निर्जीवन समूहको १.०९ प्रतिशत र फाइनान्स समूहको ०.७१ प्रतिशतले सेयर मूल्य बढेको छ । आज ४ उपसूचक भने ओरालो लागेको देखिएको छ ।  बिहिबार १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

 आज सबैभन्दा धेरै अपि पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३.६० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको