जुम्ला जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन्। उनले १४ हजार ८१६ मत प्राप्त गर्दै जिल्लाबाट दोस्रो पटक निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी का नरेश भण्डारीले ११ हजार ६३६ मत पाए। यसरी शाहीले ३ हजार १८१ मतको फराकिलो अन्तरले जित हासिल गरे।
यो जितसँगै राप्रपाले जिल्लामा आफ्नो उपस्थिति थप बलियो बनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस