नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले राजिनामा दिएका छन् । कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
साथै रिक्त हुन गएको संचालक पदमा बाँकी पदावधिका लागि संस्थापक शेयरधनी पुरुषोत्तम लाल संघाईलाई नियुक्त गरिएको छ । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले नवनियुक्त संचालक पुरुषोत्तम लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस