Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

आइतबार, ०१ चैत्र २०८२, १० : ४८ मा प्रकाशित

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले लाभांष घोषणा गरेको छ । कम्पनीको  फागुन २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूका लागि वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

बैठकले गत आर्थिक वर्ष २०८१÷०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५.२६३२ लाभांश वितरणको निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित सेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव तथा नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको