Like us!
Follow us!
Connect us!
Watch us!

'हाम्रै सरकार भए पनि खबरदारी गर्नुपर्छ'

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, १३ : ०२ मा प्रकाशित

'हाम्रै सरकार भए पनि खबरदारी गर्नुपर्छ'

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टीकै नेतृत्वमा सरकार बने पनि गलत निर्णय भए त्यसविरुद्ध बोल्नुपर्ने बताएका छन्। नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा उनले सरकारले गलत दिशातर्फ जान खोजे स्पष्ट रूपमा प्रश्न उठाउन आवश्यक रहेको धारणा राखे।

उनले सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए। नीति निर्माण, विकास, सामाजिक तथा आर्थिक विषयहरूमा गम्भीर ध्यान दिनुपर्ने उनको भनाइ थियो। वाग्लेले पार्टीले आफ्नो प्रतिबद्धताअनुसार प्रणाली सुधार गर्ने लक्ष्य लिएको उल्लेख गर्दै जनताबाट प्राप्त अभूतपूर्व समर्थनको कदर गर्दै अपेक्षाअनुसार काम गर्नुपर्ने बताए। उनले रास्वपाले परिणाम देखाएरै आफूलाई प्रमाणित गर्नुपर्ने पनि स्पष्ट पारे।

उनले भने, ‘हामी कानुन बनाउन आएका हौँ । सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गर्नुपर्छ। हाम्रो सरकार बन्दा पनि हामीले औँलो ठड्याउनुर्छ । खबरदारी गर्नुपर्छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको