नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ । सो योजना अनुसार नेपाल बैंकबाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ १ करोड रुपैयाँ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले वि.सं. २०८३ असार मसान्त भित्र योजना अनुसार शर्त सहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएको छ ।
साथै वि.सं. २०८० बैशाख १ गते पश्चात निष्कृय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं. २०८२ चैत्र मसान्त भित्र बक्यौता सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैंकले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस