स्थलगत अनुगमनका क्रममा कैफियत फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई ५० हजार, सूर्यविनायक–बालकोटको शाह एण्ड शाह इन्टरप्राइजेजलाई १० हजार तथा महालक्ष्मी–५ टिकाथलीको ए एण्ड ए सपिङ सेन्टरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो।
अनुगमनका क्रममा कानुन विपरीत कारोबार भएको पुष्टि भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ। साथै, १५ वटा अन्य फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित बजार अनुगमन गर्दै आएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस